महिलाहरुलाई अचार बनाउने तालिम

तनहुँको व्यास नगरपालिका–३ मा महिलाहरूलाई लक्षित गर्दै अचार बनाउने तालिम दिइएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले अचार सम्बन्धी प्राविधिक सीप विकास तालिम सञ्चालन गरिएको हो । वडा नं. ३ का विभिन्न टोलबाट सहभागी महिलाहरूलाई अचार उत्पादनका विधि, सरसफाइ मापदण्ड, गुणस्तर कायम गर्ने तरिका, प्याकेजिङ, लेबलिङ तथा बजारीकरण सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । तस्विर : भञ्ज्याङ










