ज्येष्ठ नागरिक घर भेट कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित ग्वास्लुङ गाउँमा ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईले सञ्चालन गरेको ज्येष्ठ नागरिक घर भेट कार्यक्रम अन्तर्गत घरमै ज्येष्ठ नागरिकको रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

उक्त कार्यक्रम अन्तर्गत ग्वास्लुङ गाउँमा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, गर्भवति महिला र दीर्घरोगि नागरिकहरुलाई टोलटोल घरघरमा गइ उच्च रक्तचाप जाचसंगै स्वास्थ्य परामर्श दिने गरिएको छ ।

तस्विर : भञ्ज्याङ










