रोट्रयाक्ट क्लब अफ दमौलीद्वारा आयोजीत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
भञ्ज्याङ समाचारदाता (दमौली)

रोट्रयाक्ट क्लब अफ दमौलीले आयोजना गरेको स्व. राममाया राउत स्मृति दोस्रो अन्तरविद्यालय स्तरीय रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यागृहले जितेको छ । प्रतियोगितामा दमौली माध्यमिक विद्यालय द्वितीय भएको छ भने बाराही आवासीय माध्यमिक विद्यालय तृतीय भएको छ । १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहले नगद १८ सय, १२ सय र ६ सयसंगै ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देशले उक्त हाजिरीजवाफ गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नगेन्द्र रेग्मी, रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जीवन श्रेष्ठ, व्यास नगरपालिकाका शिक्षा अधिकृत नविन पराजुली, एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, कन्काई माविका प्रधानाध्यापक अमर थापा लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।










