लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा-२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ ।

साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । तर मृतक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए ।

प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो । अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker