लोप हुँदै घुमाउने घर

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा रहेको परम्परागतशैलीको घुमाउने घर । बढ्दो आधुनिकताका कारण वातावरणमैत्री परम्परागतशैलीका घुमाउने तथा खरको छानो भएका घर लोमको संघारमा पुगेका छन्। रामकोटमा होमस्टे (घरबास) सञ्चालन गरिएपछि पाहुनाहरुलाई देखाउनका लागि स्थानीयले यो घुमाउने घर संरक्षण गरी राखेका छन् । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ










