व्यास-१० दुम्सिमा शिव महापुराण प्रवचन सञ्चालन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१० दुम्सि बजारमा ११ दिने संगितमय शिव महापुराण प्रवचन सञ्चालन गरिएको छ । दुम्सि बजारस्थित दुम्दुमेश्वर महादेव शिव पञ्चायन मन्दिर परिसरमा आयोजित प्रवचन कार्यक्रमको विहीबार एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गरेका छन् ।
श्रीमद्भागवत गिता प्रवचन वाचक नारायण प्रसाद गैह्रलाई हस्तान्त्रण गर्दै न्यौपानेले कार्यक्रम शुभारम्भ गरेका थिए । नगर प्रमुख न्यौपानेले यस्ता कार्यक्रमहरुले चेतना जगाउनुका साथै समाजमा धार्मिक आस्था कायम राख्ने विश्वाश व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उपप्रमुख इन्दिरा दरै, व्यास-१० का वडा अध्यक्ष खेमराज पोखरेल, व्यास-१० का निवर्तमान अध्यक्ष तुलसीराम सापकोटा, बैद्धिक सनातन धर्म प्रष्ठिानका केन्द्रीय अध्यक्ष कृष्णकान्त वाग्ले, शिव मा.वि.का अध्यक्ष विकास रिजाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
दुम्दुमेश्वर महादेव शिव पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरीको अध्यक्षतामा आयोजित कार्यक्रम फागुन २७ गतेसम्म सञ्चालन हुने समितिका लिला कंडेलले जानकारी गराए ।










