“पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ”

बन्दीपुर : पर्यटन प्रबर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकामा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना र बन्दीपुर गाउँपालिकाको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका–४ सिद्धगुफामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीले निरन्तर कलम चलाइरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिन जोड दिइएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको महशुस भएको बताए । उनले भने, “पत्रकार महासंघले यस ठाउँको प्रबर्द्धनका लागि आयोजना गरेको कार्यक्रम निकै महत्वपूर्ण छ । जति मात्रामा प्रचारप्रसार भयो, त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।”

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रिय स्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रबर्द्धका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । थापाले यस ठाउँमा रङरोगन, सिढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताए । धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताए। उनले भने, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती रहेको छ ।”

देशका महत्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन सकिने र त्यसमा सञ्चारकर्मीले कलम चलाएर सहयोग गर्न उनले आग्रह गरे । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन् । उनले भनिन्, “बन्दीपुर नेपालकै पर्यटकीय नगरी हो । यहाँका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसारका लागि पत्रकारहरुले सहयोग गर्नुपर्छ ।”

बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर कुंवरले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार हुनुपर्नेमा जोड दिए । बन्दीपुर गाउँपालिका–३ का वडाध्यक्ष परमेश्वर भट्टराईले पत्रकारको कलम शक्तिशाली हुने भएकाले यहाँको पर्यटनका लागि कलममार्फत् सहयोग गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि विगतदेखि नै सञ्चारकर्मीले सहयोग पु¥याउँदै आएको उल्लेख गरे ।

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिका–४ का वडा सदस्य भिम घले, शाखाका उपाध्यक्ष प्रताप राना, सचिव कृष्ण न्यौपाने लगायतले धारणा राखेका थिए ।
सिद्धगुफाभित्र नेपाल पत्रकार महासंघको बैठक

नेपालकै ठूलोमध्येको सिद्धगुफाभित्र

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक बसेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यसहित शाखाको आज घुम्ती बैठक गुफाभित्र बसेको हो ।

जिल्लाभित्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित शाखाले घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको थियो। सोही बमोजिम शाखाको बैठक सिद्धगुफामा बसेको हो । बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यबाट प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दि ।

शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा घुम्ती बैठक सम्पन्न गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker