बन्दीपुरका संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्ने

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका भित्रका संस्थागत विद्यालयहरूले विज्ञान तथा होटल म्यानेजमेन्ट विषयमा छात्रवृत्तिमार्फत विद्यार्थीलाई अध्ययन गराउने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतातामा बुधबार आयोजित संयुक्त बैठकमा नोट्रेडम माध्यमिक विद्यालय, बिलिभर्स स्कुल दीपशिखा एकेडेमी र मनासलु माध्यमिक विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूले यस्तो निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेले बताए ।
शाखा प्रमुख लामिछानेका अनुसार नोट्रेडम माध्यमिक विद्यालय र दीपशिखा एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान विषयमा चार–चार जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउनेछन्। यस्तै, मनासलु माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषयमा चार जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने निर्णय गरेको छ ।
छात्रवृत्ति वितरण गर्दा गाउँपालिका भित्रका जेहेन्दार, विपन्न, असहाय, गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छनोट गरिनेछ । विद्यालयहरूले एकपटक मात्र भर्ना शुल्क लिने र विद्यार्थी सोही विद्यालयमा अध्ययनरत रहँदासम्म पुनः भर्ना शुल्क नलिने प्रतिबद्धता पनि जनाएका छन् । साथै, आगामी दुई वर्षसम्म विद्यालयहरूले शुल्क वृद्धि गर्न नपाउने र आवश्यक परेमा गाउँपालिकाको सहमतिमा मात्र शुल्क समायोजन गर्न पाइनेछ।
नयाँ शैक्षिक सत्र २०८२ देखि वार्षिक भर्ना शुल्कमा १० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, प्रत्येक कक्षामा प्रथम हुने विद्यार्थीलाई शतप्रतिशत र द्वितीय हुने विद्यार्थीलाई ५० प्रतिशत शुल्क मिनाहा गर्दै जेहेन्दार छात्रवृत्ति प्रदान गर्न आफूहरू तयार रहेको एक विद्यालयहरूको प्रतिनिधिले बताए ।
यद्यपि सरकारले निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति वितरणका लागि मापदण्ड तोकेको भए पनि अन्य विद्यालयहरूमा भने अझै सो मापदण्ड पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker