पत्रकार महासंघ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय

माघ १३ गते शाखाको साधारणसभा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधी ढुङ्गाना पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सुरज गुरुङ स्मृति पुरस्कार-२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराइ र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पुरस्कार-२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले बताए । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी भर्लेली केबल बहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासंघका अध्यक्ष ओमकार आचार्यले बताए ।

उक्त बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker