आज राती १२ बजेबाट सवारी साधान संचालन गर्न रोक
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले आज राती १२ बजेबाट सवारी साधान सञ्चालनमा रोक लगाएको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिनमा सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड अनुरा प्रशासनले आज विहीबार राती १२ बजेबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी गराएका छन् ।
मतदानको दिनमा सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम सवारी अनुमति प्राप्त सवारी साधान, कुटनितिक नियकाका सवारी साधान र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका सवारी साधानहरु निजी/सार्वजनिक मिति २०७९/०१/३० गते बिहान ५ बजेदेखि भनिएकोमा निर्वाचन आयोगको निर्णायानुसार मिति २०७९/०१/२९ गते राती १२:०० बजेदेखि मिति २०७९/०१/३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि पूर्ण रुपमा रोक लगाइएको प्रजिअ आयलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यो सूचनाको उल्लंघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने तनहुँ प्रशासनले जनाएको छ ।











