बडादशैंको शुभकामना

धार्मिक, साँस्कृतिक आस्थाले भरिपूर्ण र माहान पर्व बडादशैं हाम्रो घरआँगनमा भित्रिएको छ । बडादशैंको सातौ दिन आज फूलपाती । बिगतका वर्षहरुमा यस पर्वले छुट्टै रौनकता र चहपहल ल्याउँथ्यो । तर, यस वर्षत्यस्तो हुन सकेको छैन । विगत आठ महिनादेखि कोरोना कहरको चपेटामा परेको मुलुक अझै त्यसबाट मुक्त हुन सकेको छैन । अहिले पनि दैनिक कोरोना भाइरसबाट संक्रमित हुने र संक्रमण पश्चात निधन हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तो विषम् परिस्थितिमा हाम्रा ठूला चार्डपर्वहरु नजिकिएका छन् । यी चार्डपर्व मनाउन बिगतको जस्ता सहज पक्कै पनि छैन । तर, पनि हामी हाम्रो परम्परा, रितिरिवाजलाई जोगाई राख्न पनि तल्लिन छौ ।

यस वर्षो वडादशैंको मुख्य दिन कात्तिक १० गते विजय दशमीको टिकाको शुभसाइत परेको छ । हाम्रो समाजमा यस पर्वको महत्व हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ । तर, बदलिएको समयसंगै चाडपर्वको महत्व पनि परिस्थिति अनुकुल मान्ने र मनाउने कुरा स्वभाविक मान्नु पर्नेछ । केही वर्षअगाडिसम्म यतायातको सुविधा सर्वत्र पुग्न सकेको थिएन । अहिले त्यो सुविधा हिमाल, पहाड र तराइका भित्री बस्तिसम्म पुगेको छ । अहिले यो पर्व मनाउन यीनै यातायातका साधान प्रयोग गरी शहरबाट ग्रामीण क्षेत्रमा प्रवेश गर्ने क्रमपनि बढ्दै गएको छ । बिगतका वर्षस्तो यस वर्षचार्डपर्व मनाउन सहज छैन । शहर बजार क्षेत्रमा फैलिएको कोरोना संक्रमण चार्डपर्व मनाउने क्रममा हामी आफ्ना मान्यजन तथा गाउँबस्तिमा पुग्दै गर्दा कोसेलीका रुपमा कोरोना घरघरमा पुग्ने खतरा बढेको छ ।

दशैं पर्वमा राम्रो कपडा लगाउने, मिठो खाने, परिवारका सदस्यहरु भेला भएर मान्यजनको हातबाट टिका र जमरा थापेर आशिस लिने प्रचलन महत्वपूर्ण रहदै आएको छ । अहिले आएर यातायता र संचारको सुविधाले जो जहाँ भएपनि एकैछिनमा वा छिनछिनमा हुने सम्बादको सुविधाले कस्ले कसरी कुन सन्दर्भलाई प्रमुखता दिएर चाड मनाउदै छ भन्ने कुरा सहज रुपमा अवगत हुन सक्छ । बिगतमा भन्दा अहिले आएर यातायातको सुविधाले दशैंसंगै नयाँ नयाँ ठाउँमा घुमफिर गर्ने पनि चल बढेर गएको छ। साथसाथै नेपाली समाजमा अहिलेपनि युवा जमात बेरोजगारी समस्याले विदेशीनु पर्ने भएकोले विदेशमा रहेकाहरु सकेसम्म चाड मनाउन घर फर्किने चाहना हुँदाहुँदै पनि सबैलाई त्यो चाहना पुरा नहुन पनि सक्छ ।

नेपाल परम्परादेखि नै सामनतवादी शासनको जाँतोमा पिल्सिदै आएको तितो यथार्थ सबैमा जगजायर छ । त्यो सामन्ति प्रथा उन्मुलनका लागि धेरै लामो संघर्षको पृष्ठभूमी छ । मुलुकमा आज सार्वभौमा नगरीकले शासन गर्ने परिपाटिको थालनी भएको छ । अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिहरु छन् । शिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको सपना बाडिए पनि त्यो सपनाले साकार रुप पाउन सकेको छैन । यो कोरोना कहरको सन्दर्भमा तीनवटै सरकारका निकायले गरेको काम प्रति नागरिकको असन्तुष्टि बढ्दै गएको छ ।

यस अर्थमा विजया दशमी पर्वले कोरोना कहरबाट मुक्त गरी सम्मृद्धिको यात्रामा अगाडी बढ्न मार्ग प्रसस्त गर्ने आशा र विश्वास गरौं । बाँची बसे चार्डपर्व अर्को वर्ष पनि मनाउन पाइन्छ त्यसैले यस वर्षचाडपर्वको उत्साह भन्दा पनि के कसरी कोरोना संक्रमणबाट सुरक्षित हुन सकिन्छ, आफ्ना वृद्ध अभिभावक, मान्यजनलाई कसरी सुरक्षित गर्न सकिन्छ – त्यस तर्फबढि ध्यान पुर्‍यौं । धार्मिक, साँस्कृतिक महत्व बोकेको पर्व विजया दशमीले सबैलाई सकरात्मक सोचको विकास गर्दै समृद्धि तर्फउन्मुख हुन उत्प्रेरणा मिलोस । हाम्रो शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker