म्याग्देमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–६ ओटाङदीस्थित कच्ची सडकमा भएको ट्याक्टर दुर्घटनामा च्यापिएर सहचालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विक आफैं सहचालक रहेको ट्याक्टरमा च्यापिएर मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
कच्ची सडकमा ग१त ५६८९ नम्बर ट्याक्टर अनियिन्त्रित भएर सडकमा पल्टिएको थियो । ट्याक्टरका सहचालक सुकबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठ पनि सवार थिए उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker