तनहुँमा तीहार पर्वका अवसरमा देउसीभैलो खेल्न प्रतिबन्ध, निर्देशन पालना नगरे कारवाही गरिने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपालीको दोश्रो ठूलो पर्व तीहार अर्थात दीपावली नजिकिदै गरेको छ । यस पर्वमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरी मनोरञ्जन पनि लिने गरिन्छ । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले मनोरञ्जनात्मक कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

कोभिड-१९ संक्रमण जोखिमलाई ख्यालगर्दै यस वर्षको तीहार पर्वमा देउसीभैलो खेल्न प्रशासनले रोक लगाएको छ । यस वर्पको देउसीभैलो खेल्ने पाटो महत्वपूर्ण भएकाले बालबालिका, युवायुवती तथा वृद्धवृद्धाहरु समेत समुहमा भेला भइ देउसीभैलो खेल्ने प्रचलन छ।

समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलदो क्रममा देखिन थालेकाले देउसीभैलो खेल्न जिल्ला प्रशासन कार्याल्य तनहुँले निषेध गरेको छ । जिल्ला कोरोना नियन्त्रण समितिको बैठकले तीहार पर्वमा देउरीभैलो लगायतका समुहमा भेला भई कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको छ । यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा संक्रमण रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जारी अत्यन्त जुरुरी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले यो अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न यो निर्णय गरिएको बताइएको छ । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चार्डपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको छ । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको छ ।

त्यस्तै, तीहार पर्वलाई लक्षित गर्दै तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । तीहारको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताएका छन् ।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको र सवारी चेकजाँच कार्यलाई पनि कडाइ गर्न थालिएको उनले बताए । जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker