तनहुँमा दुई सवारी दुर्घटना, दुई जना घाइते

तनहुँ जिल्लामा आइतबार साँझ भएका दुई फरक–फरक सवारी दुर्घटनामा एक जना गम्भीरसहित दुई जना घाइते भएका छन्।

प्रहरी चौकी किहुँका अनुसार भिमाद नगरपालिका–२ टेक्रेमा मिति २०८२ साल ९ महिना १८ गते साँझ करिब ५ः३० बजे भिमादबाट काउलेतर्फ जाँदै गरेको बा ३९ प ७३५७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा मोटरसाइकल सडकबाट करिब ४०–५० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङ निवासी १८ वर्षीय गोरे नेपाली गम्भीर घाइते भएका छन्।

उनलाई प्रारम्भिक उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा लगिएकोमा साँझ ६ः२० बजे थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। घाइतेको टाउको र अनुहारमा चोट लागेको र अवस्था गम्भीर रहेको छ।

त्यसैगरी, प्रहरी चौकी शिसाघाटका अनुसार व्यास नगरपालिका–८ सोतीबेशीस्थित भित्री सडक खण्डमा सोही दिन साँझ करिब ५ बजे सोतीबेशीबाट सोतीपसलतर्फ जाँदै गरेको ग १ त ६९०० नम्बरको (दाउरा लोड) ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर सडकबाट करिब २० मिटर तल पल्टिएको थियो।

दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–१ घर भई हाल सोतीबेशी बस्दै आएका करिब ४० वर्षीय ज्ञानबंशी ठकुरी घाइते भएका छन्। घाइतेको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker