तनहुँका पालिकाहरुमा चाडपर्व लक्षित बजार अनुगमन

तनहुँ : तनहुँका दशवटै पालिकाहरुले आ–आफ्ना क्षेत्रमा रहेका बजारमा चाडपर्व लक्षित अनुगमन सुरु गरेका छन् । नेपालीहरुको ठूलो पर्व विजय दशमी नजिकिएसंगै जिल्लाका स्थानीय तहरुले किराना पसल, रेष्टुरेन्ट, होटलमा अनुगमन कार्यलाई तीब्रता दिएका छन् ।
खाद्य डिभिजन दमौलीले पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिएको छ। हेलो सरकार लगायतमा आएका गुनासोलाई सम्बोधन गर्दै खाद्य डिभिजनले तनहुँको राजमार्ग छेउछाउका होटल रेष्टुरेन्टमा अनुगमन निरीक्षण गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ र प्रतिबन्धित पेय पदार्थहरु टोलीको रोहवरमा तत्काल नष्ट गर्न लगाइएको बताइएको छ ।

भिमादमा बजार अनुगमन

यस्तै, भिमाद नगरपालिकाले दसैं, तिहार र छठजस्ता पर्वलाई लक्षित गर्दै अनुगमन गरिएको छ। नगरपालिकाका अनुगमन संयोजक अजय सुवेदीको टोलीले वडा नं. ६ को वसपार्क र क्याम्पस रोड क्षेत्रमा २२ वटा फर्महरूको अनुगमन गरेको थियो। यसमा ६ वटा होटल तथा रेष्टुरेन्ट, ५ वटा खाद्य पसल, ३ वटा मासु पसल र १ वटा फर्निचर पसलको अनुगमन गरिएको थियो ।
चार्ड पर्वको समयमा अखाद्य वस्तुको बिग्रने र बजारमा महँगाई हुने सम्भावनाका कारण अनुगमन शुरु गरिएको संयाुजक सुवेदीले बताए । अनुगमन गरिएका फर्महरूमा साइनबोर्ड नलगाएको, विक्री मूल्य सुची नराखिएको, व्यवसाय कर नतिरेको र व्यवसाय दर्ता नगरी संचालन गरिएको पाइएको थियो ।
सुवेदीले भने, ‘साइनबोर्ड नराखेकालाई ५ दिन भित्र राख्न र व्यवसाय कर नतिर्नेलाई ७ दिन भित्र तिर्नु पर्ने नियम अनुसार नभए कानुन अनुसार जरिवाना समेत हुनेछ।’ उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष म्याद नाघेका खाद्य वस्तुहरू कम फेला परेका थिए ।

भानुमा ५६ वटा पसलहरुको अनुगमन

यस्तै, भानु नगरपालिकाले बुधबार ५६ वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री वितरण, पसल दर्ता भए नभएका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाकी उप–प्रमुख एवं बजार अनुगमन समितिकी संयोजक उमा गोतामेले बताइन् ।
बजार अनुगमन समितिले नगरपालिकाको वडा नं. १ को साजबोटे र कल्याणटार क्षेत्रमा गनुगमन गरेको थियो । समितिले उक्त क्षेत्रका खाद्यान्न, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा अधिकाँश पसलमा मूल्य सुची नराखिएको, पसल दर्ता नगरेका, नवीकरण नगरिएको भेटिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज ज्ञावलीले बताए । अनुगमन समितिले व्यवसाय सञ्चालनको मापदण्ड पुरा नगरेका पसल सञ्चालकहरुलाई यथासक्य प्रक्रिया पुरा गर्न निर्देशन समेत दिएको छ ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिइएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker