पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुरको गोरेचौतारमा बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते

तनहुँ : तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनमा जिएए ००७० नम्बरको बसका चालक तनहुँको ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको डीएसपी थापाले बताए । दुर्घटना दुई बसका ३० जना घाइते भएका छन् । घाइतेहरुको डुम्रेस्थित मोती र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको तनहुँ प्रहरीले जनाएको छ ।

घाइतेहरु:

लक्ष्मी अस्पतालमा:-

१) जिल्ला बाके बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा आखा माथी र दुबै खुट्टा कम्मरमा चोट,मध्यम
२) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १३ की रिजु बाठा मगर,कम्मरमा चोट, मध्यम
३) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने वर्ष १५ की ज्ञानु थारु दुबै खुट्टामा चोट, मध्यम
४) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १६ को ललित खत्री बाया हातमा चोट, मध्यम
५) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष की मायास सिंजापती मगर छाती अनुहारमा चोट मध्यम
६) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष माया सिजापतीको छोरी बर्ष ६ की गुरास गर्ती मगर मध्यम
७) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १८ को निखिलनाथ योगी शरिरमा भित्री चोट, मध्यम
८) भे १ ख ३४८७ न.को बसको बस चालक जिल्ला बाके कोहलपुर न.पा. १० बस्ने वर्ष ३७ को किशोर जंग शाही,बाया हात फ्याक्चर,बाया खुट्टमा चोट मध्यम
९) जिल्ला तनहुँ म्याग्दे गा.पा. ३ बस्ने वर्ष ३० को रमेश रानाभाट अनुहार र टाउकोमा चोट मध्यम
१०) जिल्ला तनहुँ म्याग्दे गा.पा. बर्ष ५१ की उजेली रानाभाटको टाउकोमा चोट मध्यम
११) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने बर्ष १४ की बिद्या पुन मगर, मध्यम
१२) जिल्ला गोरखा गोरखा न.पा. ८ बस्ने वर्ष २० को बिवेक कडेल आखा माथि चोट,अवस्था मध्यम
१३) जिल्ला भक्तपुर चागुनारायण न.पा. ५ बस्ने वर्ष ३५ की बविता थापा,अगाडिको तल माथिको दात हल्लिएको । मध्यम
१४) जिल्ला कास्की पोखरा महानगर १० बस्ने वर्ष ४३ की लक्षिन गुरुङ,छाती ठोकिएको,घुडामा चोट, मध्यम
१५) जिल्ला कास्की पोखरा महानगर १७ बस्ने वर्ष ३६ की दुर्गा रोका मध्यम

मोती अस्पतालमा:-

१) जिल्ला कास्की पोखरा उ.म.न.पा.१२ बस्ने वर्ष ४४की बिजुली गुरुङ,दाया खुट्टमा चोट,अवस्था मध्यम
२) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने वर्ष २५ की कमला गुरुङ ओठमा चोट,सामान्य
३) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३९की बसन्ती गुरुङ,दुबै खुट्टामा चोट,मध्यम,
४) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ की लक्ष्मी गुरुङ मुखमा चोट,मध्यम ,
५) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४०की गंगा गुरुङ दाया खुट्टामा चोट,सामान्य
६) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४५ को शिव जोसी छाती चोट सामान्य
७) जिल्ला कास्की पोखरा उ.म.न.पा. १७ बस्ने बर्ष ४१ को संजय गुरुङ दातमा चोट,मध्यम
८) जिल्ला कास्की पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ३७४की ज्योती गुरुङ निधारमा चोट सामान्य
९) जिल्ला स्याङ्जा फेदीखोला गा.पा. ४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ,मुखमा चोट,मध्यम
१०) जिल्ला बाके बडा न. १४ बस्ने वर्ष ४४ को शिवलाल न्यौपाने,दुबै खुट्टा र नाकमा चोट मध्यम
११) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष १६ की निर्मला शाही नाकमा चोट सामान्य
१२) जिल्ला बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष २१ की बिनिता वि.क.,सामान्य (चोट नभएको)
१३) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने बर्ष २५ को सुरज तिवारी टाउकोमा चोट,मध्यम
१४) ऐ.१७:१५ बजे जिल्ला कास्की पोखरा म.न.पा.-१७ बस्ने बर्ष ४९ की निर्मलका भुजेल बाया खुट्टामा चोट अवस्था सामान्य,मोती अस्पतालमा उपचार भैरहेको,

चितवन मेकिकल कलेज पठाईएको
१) हाल वतन नखुलेको वर्ष १७।१८ को रियाद के.सी,टाउकोमा चोट,सिरियस, मोती मेडिकलमा सामान्य उपचार पश्चात थप. थप उपचारको लागि ऐ. १६:३५ बजे चितवन मेडिकल कलेज चितवन पठाईएको ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker