तनहुँमा एक वर्षको अवधिमा दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

दमौली : तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन् ।
यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा रु ४५ लाख विनियोजन गरिएकामा रु ३० लाख २५ हजार छ सय २९ खर्च भएको लामिछानेको भनाइ छ ।
कृषकलाई फलफूल खेतीमा आकर्षित गराउँदै आत्मनिर्भर बनाउन फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सहयोग गरिएको लामिछानेले उल्लेख गर्नुभयो । कार्यक्रमअन्तर्गत कृषकलाई दुई हजार एक सय १५ कागती बिजु बिरुवा, दुई हजार पाँच सय कलमी बिरुवा, पाँच सय १५ लिची, छ हजार दुई सय ४५ बिजु बिरुवा र नौ सय ८५ कलमी बिरुवा वितरण गरिएको थियो ।
त्यस्तै सात सय ८० निबुवाका बिजु बिरुवा, एभोकाडो दुई सय ९५, आँप एक सय ३०, मेवा चार सय ५०, मेकाडेमिया १०, कटहर १०, केरा दुई हजार आठ सय ७०, जुनार तीन सय ७०, अम्बा दुई सय ५०, सिउँडीफूल एक हजार एक सय ५० गरी १८ हजार छ सय ३५ बिरुवा वितरण गरिएको लामिछानेले बताउनुभयो ।
कृषक समूहमार्फत पानी तान्ने मोटर पाँच, खाडल खन्ने मेसिन तीन, मिनिटिलर पाँच, स्प्रेयर १४, हजारी चार, डिजिटल तराजु एक, निलोतुथो २५ किलो, कृषि चुन एक सय किलो, हिल ट्याङ्की ६२, गोठे मल ९१ हजार पाँच सय किलो, ठेलागाडा ११, सिकेचर ४३, प्लाष्टिक पोखरी तीन खरिद गरिएको थियो ।
यसैगरी कार्यालयले फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत कृषकलाई रु ३८ लाख २१ हजार तीन सय ४१ वितरण गरेको छ । कार्यक्रमका लागि रु ५२ लाख बजेट रहे पनि ७३ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको लामिछानेको भनाइ छ ।
यस कार्यक्रमबाट चार कृषक समूह र ५३ कृषि फार्मका गरी एक सय ५३ घरधुरी लाभान्वित भएका छन् । कार्यक्रमबाट आठ सय ३२ रोपनी क्षेत्रफलमा सुन्तला व्यवस्थापन तथा सुदृढीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो कार्यक्रमबाट कृषकलाई छ थान पानी तान्ने मोटर, १२ थान स्प्रिङ्कल सिँचाइ, निलोतुथो दुई सय किलो, मिनीटिलर १२, डिजिटल तराजु १२, सिकेचर ४२, प्लास्टिक पोखरी एकलगायत वितरण गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker