सामुहिक रुपमा गरिएको धानखेती

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीफाँटमा सामुहिक रुपमा गरिएको धानखेतीबाट उत्पादन भएको धान बाँडफाँडका लागि मेशिनको प्रयोग गरी धानपराल छुट्याउँदै कृषकहरु ।

स्थानीय बाराही समुदायिक वनले ८ लाख २५ हजार रुपैयाँमा ३६ रोपनी खेत बन्दकिमा किनेर समुहमा आवद्ध विपन्न समुदायका १६ घरधुरीका उपभोक्तालाई छ वर्षदेखि निःशुल्क खेती गरी उपभोग गर्न उपलब्ध गराएको छ ।

सामुहिक रुपमा गरिएको खेतीले आवद्ध उपभोक्तालाई जिविकोपार्जनमा सहज बनाएको उपभोक्ता समुहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी गराए । तस्विर : भञ्ज्याङ










