कांग्रेस तनहुँ महाधिवेशन : सहयोगी निराश नहुन निवर्तमान सभापति न्यौपानेको अनुरोध
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले आफ्ना सहयोगि कार्यकर्तालाई निराश नहुन अनुरोध गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गर्दै निर्वाचन परिणामबाट निराश नहुन सहयोगीलाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा गर्दै न्यौपानले यो अभियानमा उपविजेता हुनुभएका साथीहरुलाई पार्टीको आन्तरिक निर्वाचनको परिणाम आत्मसाथ गर्दै निर्वाचित मित्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

त्यस्तै, विज्ञप्तिमा मतदानका लागि लाइनमा रहेका मतदातालाई मतदानबाट बञ्चित गरिएको, जिम्मेवारबाटै डर, धाक र धम्की दिइएको तथा सरकारी संयन्त्रको ठाडो हस्तक्षेप गरिएको जस्ता गम्भीर आरोप समेत लगाएका छन् । प्रतिशोधपूर्ण संस्कृतिले सबैलाई असर पार्ने जिकिर गर्दै उनले प्रतिपक्षको प्रतिष्पर्धामा समस्या पर्न सक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
न्यौपानेले आफूलाई मतदान गर्नेलाई धन्यवाद दिंदै पार्टी संगठन बलियो पार्न निरन्तर लागिरहने प्रतिवद्धता पनि विज्ञप्तिमार्फ जनाएका छन् ।










