पूर्ण स्मृतिबाट साहित्यमा टुकादेवी, पत्रकारितामा हरि र समाजसेवामा लालप्रसाद सम्मानित

दमौली : तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ सोमवार प्रदान गरिएको छ ।

चौथो पटक प्रदान गरिएको सम्मानमा साहित्यतर्फ टुकादेवी पौडेल आचार्य, पत्रकारितातर्फ हरि खरेल र समाजसेवातर्फ लालप्रसाद गर्तौला सम्मानित हुनुभएको छ । शुक्लागण्डकी–२ स्थान्थोकमा सोमबार रेडियोको दशौं वार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक ‘राजु’, वडा नं. २ का अध्यक्ष सुमन बहादुर राना मगर, रेडियोका अध्यक्ष शिव पौडेल, संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरे ।

पत्रकारिता र साहित्यतर्फ सम्मानित खरेल र आचार्यले नगद रु दश÷दश हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ गर्तौलाले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशिल रहेका मध्य एक, खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरि सम्मान गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजुले रेडियोलाई समय अनुसार प्रविधि केन्द्रित गरि चलाउनुपर्ने समय आएको उल्लेख गरे । वडा अध्यक्ष सुमन बहादुर रानाले रेडियोले पर्यटकीय क्षेत्रमा आएर महत्वपूर्ण कार्यक्रम गरिरहँदा यस क्षेत्रको प्रचारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट स्रोता भिमाद–९, पाथर्दी निवासी तारा थापा, उत्कृष्ट कर्मचारीतर्फ नेवार भाषा कार्यक्रम प्रस्तोता ज्ञाननारायण श्रेष्ठ र कुमाल भाषा कार्यक्रम प्रस्तोता मार्टिना कुमाल सम्मानित भए ।

उत्कृष्ट विज्ञापनदातातर्फ जय शिव सुनचाँदी पसलका शिव बहादुर विक, बरेली टेलर्सका प्रेम परियार, जय शिव इलोक्ट्रोनिक्सका शिव बहादुर श्रेष्ठ र पूर्ण कपडा पसलका पूर्ण बहादुर आले सम्मानित भए ।

पुरस्कृत एवम् सम्मानित व्यक्तित्व छनोटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ र सल्लाहकार कृष्णप्रसाद पौडेल रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker