बन्दीपुरमा मनाइयो शहीद दिवस

भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुरमा शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बन्दीपुरमा शहीद दिवस मनाइएको हो । बन्दीपुरको शहीद स्मारक बाटिकामा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण तथा स्मृति सभा गरिएको थियो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, गाउँपालिका वडाध्यक्ष सहितका जनप्रतिनिधि बिभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख एवं प्रतिनिधि स्थानीयको सहभागितामा शहीको स्मरण गरिएको थियो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । यस्तै राणा शासनविरुद्ध आन्दोलन चर्किरहेको बेला बन्दीपुरमा आन्दोलन हुँदा ६ जनाको त्यही मृत्यु भएको थियो ।

ज्यान गुमाउनेमा पुलिमराङका धर्मध्वज गुरुङ, तनहुँसुरका उत्तरकुमार श्रेष्ठ, सिम्पानीका चन्द्रबहादुर सार्की, वसन्तपुरका खड्गबहादुर गोदार, तनहुँसुरका सन्तबहादुर राना मगर र धर्मराज बतासलाई हत्या गरी बन्दीपुरको भीरबाट खसालिदिएको थियो । पछि सो ठाउँमा समाधी स्थल बनाइयो । समाधी स्थलसंगै शहीद स्मारक बाटिका बनाइएको छ ।

वि.सं. २०४९ कात्तिक १ गते निर्माण शुरू गरिएको सो बाटिकाको तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो वि.सं. २०५६ मंसिर २५ मा उद्घाटन गरेका थिए । स्थापना कालदेखि नै सो बाटिकामा हरेक वर्षशहीद दिवसमा शहीदहरूको सम्झना कार्यक्रम गरिँदै आइएको छ । बन्दीपुर घुम्न आउनेहरुका लागि शहीद पार्क पनि गन्तव्य बन्ने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker