तनहुँको म्याग्दे गाउँपालिकाले कोभिड अस्पतालमा चिकित्सक नियुक्त गर्ने, सात वटै वडामा आइसोलेशन स्थापनाको तयारी

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा चिकित्सक नियुक्ति गर्ने भएको छ । गाउँपालिकाको शनिबार सम्पन्न ११०औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना चिकित्सक नियुक्ति गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले चिकित्सक परिचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीन दिनभित्र दुइ महिनाको लागि चिकित्सक करारमा नियुक्ति गर्ने निर्णय भएको उनले बताए ।

कोभिड अस्पतालमा हाल पाँच शैय्या रहेको र यसलाई बढाएर दश शैय्या बनाउने तयारी गरिएको छ । कोभिड अस्पतालका लागि अक्सिजनको व्यवस्थापन भइसकेको र थप अक्सिजन जुटाउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।

कोभिड अस्पतालमा गाउँपालिकाले केही महिना पहिला चिकित्सक नियुक्ति गरेपनि उक्त चिकित्सकले छोडिदिएपछि अस्पताल चिकित्सक विहीन छ । गाउँपालिकाले कोभिड अस्पतालमा प्रयोगशाला समेत शुभारम्भ गरेको थियो । गाउँपालिकाले घरमा बस्न नमिल्नेका लागि सात वटै वडामा आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । आइसोलेशन केन्द्रमा बत्ती र पानीको व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने बाँकी स्वयं व्यक्तिमार्फत नै गराउने निर्णय भएको छ ।

वडा नं. १ स्थित महेन्द्र मावि गुणादी, कुल ज्योति आवि बाख्रे, विजय आधारभूत विद्यालय मानुङ, थानीदेवी प्रावि बर्च्याङमा आइसोलेशन बनाइनेछ । वडा नं. २ स्थित उमादेवी प्रावि, ऋषिथुम आवि, राधा मावि, वडा नं. ३ स्थित जनगणपति मावि, रविचन्द्र प्रावि, वडा नं ४ स्थित मिन मावि, गणेश मावि, जनप्रकाश आवि, वडा नं ५ स्थित जनशक्ति प्रावि, हिरामणि प्रावि, पञ्चकन्या प्रावि, बोटेनी सामुदायिक भवन, वडा नं ६ स्थित अकला आवि, अकला सामुदायिक सिकाइ केन्द्र र वडा नं ७ स्थित मिलीजुली प्रावि, सरस्वती आवि, देवी दलित सामुदायिक भवनमा आइसोलेशन केन्द्र बनाउने गाउँपालिकाले तयारी गरेको छ ।

गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बसेको बैठकले कोरोना जोखिम बढेपछि गाउँपालिकाले पिसिआर परीक्षणको दायरा थप वृद्धि गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको पालना गर्दै घरमै बस्न गाउँपालिकावासीलाई अध्यक्ष रानाले आग्रह गरेकी छन् । यस्तै, निषेधाज्ञाको अवधिमा गाउँपालिकाले नागरिकको आवश्यकता र माग अनुसार हप्तामा तीन दिन दैनिक तीन घण्टामात्रै कार्यालय खोल्ने निर्णय गरेको छ । सीमित कर्मचारी आलोपालो गरी स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराइ सरकारी कारोवारको भुक्तानी तथा नागरिकको संकलित निक्षेप रकम माग अनुसार भुक्तानी गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker