फागुपूर्णिमा पर्वका अवसरमा छिम्केश्वरी पर्यटन, साहित्यिक सांस्कृतिक मेला

भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं : राष्ट्रिय फूल लालीगुराससँग होली मनाऔं’ भन्ने नाराको साथ आँबुखैरेनीको छिम्केश्वरीमा पर्यटन, साहित्यिक, सांस्कृतिक मेला सम्पन्न भएको छ ।

आँबुखैरेनी वाङ्मय परिषदको आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ र छिम्केश्वरी युवा क्लबको सह आयोजनामा मेला सम्पन्न भएको हो ।

आँबुखैरेनी वाङ्मय परिषद्बका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेलामा स्थानीय तथा राष्ट्रिय कलाकार, साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । मेलामा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रबर्द्धधनका लागि सरकारले सहयोग गर्ने बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले युवालाई स्थानीयस्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने र यदि वस्तु नष्ट गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने बताए ।

मेलामा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरु बिक्रीको लागि स्टलमा राखिएको थियो । अन्य स्थानबाट आयात गरिएका सामग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकारको साथमा स्थानीय उत्पादनको प्रदर्शनी र स्थानीय खेलहरू धनुष बाण र भाला/छेलो हान्ने खेल खेलाइएको थियो ।

स्थानीय/राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रमको रौनक फेरिएको थियो । होली पर्वको विशेष दिन भएकाले पनि होलीको रंगहरुसँगै सांगीतिक र सांस्कृतिक रंगहरुमा रंगीन मेलामा हजारौं दर्शकको उपस्थिति रहेको थियो । मेलाको सञ्चालन गायक कमल सापकोटाले गरेका थिए ।

२,१३४ मीटरको उचाइमा अवस्थित गण्डकी प्रदेशको महत्वपूर्ण साहित्यिक गन्तव्यको रुपमा परिचित छिम्केश्वरी गोरखा मनकामनाको दिदीको रुपमा पूजाआजा गरिँदै आएको छ । छिम्केश्वरीबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, हिमचुली, मनास्लु, लाङटाङ र गणेश हिमाल सहित दर्जनौं हिमालहरू अवलोकन गर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट १८ किलोमिटरको दूरीमा रहेको छिम्केश्वरीमा पूजाआजा गर्नाले मनले चिताएको कुरा पुग्ने विश्वास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker