रोटरी क्लब अफ दमौलीमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

दमौली : रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल चयन भएका छन्। क्लबको सोमबार सम्पन्न साधारण सभाले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमितिअनुसार क्लबको निवर्तमान अध्यक्षमा बिना कैनी, प्रेसिडेन्ट इलेक्टमा किनकुमार श्रेष्ठ तथा प्रेसिडेन्ट नोमिनी एवं आरएनएलएम चियरमा देवराज अधिकारी चयन भएका छन्।

त्यसैगरी उपाध्यक्षमा सुवास गौतम, सचिवमा सुनिता आचार्य र कोषाध्यक्षमा रजिनलाल श्रेष्ठ चयन भएका छन्। सह–सचिवमा रमेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुर्जाकुमार मल्ल तथा एसएएमा दामोदर भण्डारी चयन भएका छन्।

कार्यसमितिको एडिटरमा प्रदीप काफ्ले, एडमिनिस्ट्रेसन चियरमा दिनेशकुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा हरि कार्की, मेम्बरसिप चियरमा इमकुमार मल्ल, पब्लिक इमेज चियरमा शान्तराम न्यौपाने, इन्भारमेन्ट चियरमा योगिता कायस्थ श्रेष्ठ, टिआरएफ चियरमा सुरज सुब्बा, क्लब लर्निङ फ्यासिलिटेटरमा महेन्द्र न्यौपाने तथा रोटर्‍याक्ट युथ कोर्डिनेटरमा जीवनकुमार श्रेष्ठ चयन भएका छन्।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि असिस्टेन्ट गभर्नर बाबुराम बरालले रोटरी क्लब अफ दमौलीले विगतदेखि सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वबाट अझ प्रभावकारी र रचनात्मक कार्यक्रमको अपेक्षा व्यक्त गरे। साथै, नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले आगामी कार्यकाललाई उत्कृष्ट बनाउन रोटरीको वार्षिक थिमअनुसार काम गर्न सुझाव दिए।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल, पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, जोन २० का असिस्टेन्ट गभर्नर एवं पूर्व अध्यक्ष दामोदर भण्डारीलगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

क्लबकी उपाध्यक्ष एवं कार्यकारी अध्यक्ष योगिता कायस्थ श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सचिव सुवास गौतमले गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker