दोस्रो आँबुखैरेनी महोत्सव सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनीमा बिहीबारदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो महोत्सव आयोजना गरिएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे ।

त्यस अवसरमा उनले मेला-महोत्सव स्थानीय वस्तु बजारीकरणका लागि सहयोगी हुने बताए । उनले भने “अबको समय आर्थिक समृद्धिको हो, राजनीतिक परिवर्तन भइसक्यो । अब जनतालाई समृद्ध बनाउनेतर्फसबै दलबीच सहमति र सहकार्य आवश्यक छ ।”

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आँबुखैरेनीको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव सफल हुने बताउँदै उनले सबै दलबीचको एकता र सहमतिबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए

विसं २०७१ मा प्रथम आँबुखैरेनी महोत्सव भएको थियो । त्यसयता विभिन्न कारणले महोत्सवलाई निरन्तरता दिन नसकेको एकाइले करिब १० वर्षपछि महोत्सव आयोजना गरेको हो । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिकस्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत् उत्पादन केन्द्रको अध्ययन अवलोकन मुख्य आकर्षण रहेको समारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ आबुँखैरेनी बजार एकाइ सभापति भगवान श्रेष्ठले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीबाट छिम्केश्वरीसम्मको दुइदिने प्याकेज भ्रमणको व्यवस्थासमेत रहेको छ । महोत्सवमा विभिन्न जातजातिको संस्कृति, वेशभूषा, खानपानको प्रदर्शनीसँगै विविध लोकसांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा १७५ वटा ‘स्टल’ रहेका छन् । पचहत्तर हजार दर्शकले अवलोकन गर्ने ठानिएको महोत्सवमा रु ४१ लाख आम्दानी हुने अनुमान छ । महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker