तनहुँ जलविद्युत आयोजनाका दुईवटा सबस्टेशन निर्माण

ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो । विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।

तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुनमा कार्यान्वयनमा आएको थियो । चौतीस दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएका छन् ।

उक्त प्याकेजको समग्र निर्माणमा ६९ प्रतिशत प्रगति रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker