तनहुँ समाज हङकङको नयाँ कार्यसमिति चयन

तनहुँ : तनहुँ मूल घर भई विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा हङकङमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था तनहुँ समाज हङकङको नवौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कर्णबहादुर नेपालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन (रुम) गुरुङ, उपाध्यक्षमा सुबित गुरुङ, सचिवमा हेम थापा, सह–सचिवमा मदन थापा, कोषाध्यक्षमा कुश थापा, सह–कोषाध्यक्षमा नरेन राना तथा प्रवक्तामा बिपिन थापा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रुद्र गुरुङ, भोज आले, कुमार गुरुङ, नबिन थापा, हरि थापा, होम आले, विष्णु थापा, सागर गुरुङ, नरेश आले, खेम गुरुङ, रुपेशराज राना, चित्र गुरुङ, रमेश सारु मगर, मनबहादुर गुरुङ, होमराज गुरुङ, अमित गुरुङ र लक्ष्मण राना चयन भएका छन्।

अधिवेशनअन्तर्गत आयोजित औपचारिक कार्यक्रम तेज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष प्रेम गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने सल्लाहकारहरू भिम (केतार) गुरुङ, श्यामसुन्दर थापा र गोबिन राना अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोशन गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले प्रवासमा रहेका तनहुँबासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक गतिविधिलाई अझ सशक्त बनाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष कर्णबहादुर नेपालीले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै हङकङमा रहेका तनहुँबासीहरूबीच एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै समाजको उद्देश्यअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

तनहुँ समाज हङकङ करिब २५ वर्षअघि स्थापना भएको संस्था हो। प्रवासमा रहेका तनहुँवासीबीच आपसी सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित यस संस्थाले विगत १५ वर्षदेखि तनहुँ जिल्लाका विभिन्न स्थानमा सामाजिक सेवा गर्दै आएको छ ।

समाजले विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सञ्चारसम्बन्धी पूर्वाधार विकासमा सहयोग पु¥याउँदै आएको छ। साथै विभिन्न दैवी प्रकोपका बेला पीडितलाई राहत तथा सहयोग उपलब्ध पनि गराउँदै आएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker