तनहुँमा एसइइ परीक्षको तयारी पुरा, ६ हजार बढी परीक्षार्थी सहभागी हुँदै

भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पुर्ण तयारी पूरा भएको छ । परीक्षामा तनहुँबाट ६ हजार ३०२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

साधारणतर्फ ४ हजार ८४४, प्राविधिक धारतर्फ १३३ र ग्रेडवृद्धितर्फ एक हजार ३२५ परीक्षार्थी सहभागी हुने इकाइ प्रमुख उद्धवराज कट्टेलले बताए । उनले भने, ‘एसइइ परीक्षाका लागि जिल्लामा २६ परीक्षा केन्द्र कायम गरिएको छ ।’

परीक्षामा ११९ वटा सामुदायिक, ४९ संस्थगत र ४ गुरुकुल गरी १७२ विद्यालय परीक्षमा सहभागि हुँदैछन् । उनले भने, ‘जिल्ला कारागार दमौलीबाट पनि २ जना परीक्षामा सहभागी हुदैछन् । एसइइ परीक्षा शान्तिपुर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker