पार्टी विभाजन रोक्न गण्डकी प्रदेशका ११ वटै जिल्लाका एमाले अध्यक्षहरुको आग्रह

भञ्ज्याङ न्यूज

नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन यतिबेला सक्रिय बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज ‘निर्णायक’ छलफलको तयारी भएसंगै दुबै समूहका नेताहरुले एकता जोगाउन आग्रह गर्दै आ-आफ्ना विचारहरु व्यक्त गरिरहेका छन् ।

सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेको छ । तर एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् । यसअघि हिजो र अस्ति आपसी छलफल गरेका नेताहरुले नेतृत्वलाई लचक बन्दै सहमति जुटाउन दबाब दिएका छन् ।

यता, गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुले नेकपा एमालेको विभाजन रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् । पछिल्लो समय पार्टीका शीर्षस्थ नेताहरुबीचको आन्तरिक कलहका कारण केन्द्रदेखि स्थानीय तहसम्म विभाजनको अवस्था आएको भन्दै जिल्ला अध्यक्षहरुले केन्द्रीय नेतृत्वलाई सच्चिएर अगाडी बढ्न आग्रह गरेका हुन् ।

शुक्रबार जिल्ला अध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरी पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनलाई समेत धक्का पुगेको बताउँदै पार्टी एकता जोगाउन आग्रह गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी एमाले एउटा जीवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । विगतका वर्षदेखि आन्तरिक अन्तरविरोध देखापरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीमा क्षति पुर्याएको हामीले महसुस गरेका छौँ । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मसात गर्दै आदरणीय नेताहरु एकताबद्ध भइ एमाले जोगाउन आग्रह गर्दछौँ ।’

विज्ञप्ति जारी गर्ने जिल्ला अध्यक्षहरूमा कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बागलुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोचन गौचन, मनाङ पाल्देन गुरुङ र नवलपरासीका रोशन गाहा रहेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षहरू मध्ये १० जना ओली र्समर्थक रहेका छन् । एकजना बागलुङका इन्द्रलाल सापकोटा मात्र नेपाल पक्षका हुन् । स्याङ्जाका अध्यक्ष सूर्य गैह्रे -पासर) माओवादीबाट एमाले प्रवेश गरेर ओली पक्षतिर लागेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker