३० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

२०४७ असोज ६ गते तनहुँको साविक राइपुर गाविस-४ बस्ने भिम बहादुर परियारलाई दाउराको चिरपटले टाउको समेतको संबेदनशिल भागमा प्रहार गरी कर्तव्य गरी हत्या गरी फरार रहेको आरोपमा साबिक राइपुर-४ हाल कायम शुक्लागण्डकी-११ बस्ने बर्ष४९ का टोप बहादुर चन्द ठकुरीलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला अदालतबाट निज टोप बहादुर चन्द ठकुरी उपर २०७२ साउन २८ गतेको फैसलाले सर्वश्च सहित जन्मकैद हुने गरी सजाय सुनाएको थियो । उक्त मुद्दामा उच्च अदालत पोखराको मिति २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहोर्‍याई १० बर्षकैद सजाय हुने गरी फैसला गरेको थियो ।

उक्त मुद्दाको उपर पुनः सर्वोच्च अदालत काठमाण्डौको मिति २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० बर्ष कैद सजाय सुनाएकोमा तोकिएको कैद भुक्तान नगरी फरार रहेका निज टोप बहादुर चन्द ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरिक्षक जगदिश रेग्मी समेतको टोलीले सोमबार बेलुकी काठमाडौं महानगरपालिका स्थितमा रहेको एक होटलमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

पक्राउ परेका ठकुरीलाई तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएकोमा बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको छ ।

यस्तै, प्रस्तुत वारदातमा संलग्न गरी तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका शुक्लागण्डकी नगरपालिका-११ बस्ने ११ जना व्यक्तीहरुलाई समेत जनही ५० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गर्राईएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker