रोटर्याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्याक्ट क्लबको होस्ट र को-होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा सम्पन्न गरिएको छ ।
रोटर्याक्ट क्लब अफ दमौलीसहित रोटर्याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमको रोटर्याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को-होस्ट गरेको रोटर्याक्ट क्लब अफदमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गरिएको रोटर्याक्ट क्लबअफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए । कार्यक्रमको अध्यक्षता रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यएवम् कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले रोटर्याक्ट बाटो देखाउनेहोइन बाटो बनाएर हिँड्न सिकाउने संस्था भएको बताए । रोटर्याक्ट एउटा युवापिढीलाई कसरी नेतृत्व गर्ने र गराउन सक्ने सामाजिक संस्था भएकाले अझै बढी युवापुस्ता क्लवतर्फ आकर्षित गर्नुपर्ने उनले बताए ।
नेता पौडेलले विकास भन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताए । देशलाई संवृद्धि तर्फ लैजान सुशासन र विकासको कामहरु गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे । सो दोस्रो पिएस मिट र पेट्स सेट्समा रोटर्याक्ट क्लबका वर्तमान अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्यसदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । आगामी वर्षा अध्यक्षलाई डिष्ट्रिक रोटर्याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल, पुर्व डिष्ट्रिक रोटर्याक्ट रिप्रेन्टेटिभ सुशिल कुमार कार्कि रआगामी वर्षका डिष्ट्रिक रोटर्याक्ट रिप्रेन्टेटिभ रोशन कार्कीले प्रशिक्षण दिएका थिए ।
यस्तै आगामी वर्षका सचिवलाई रोटा वर्ष२०१७-१८ का डिष्ट्रिक सचिव प्रदिप धिताल, डिष्ट्रिक रोटर्याक्ट रिप्रेन्टेटिभ नोमिनि क्षत्री रडिष्ट्रिक टेक्निकल अफिसर सुशन धितालले प्रशिक्षण दिएका थिए । त्यस्तैगरी जोनल रोटर्याक्ट रिप्रेन्टेटिभहरुलाई डिष्ट्रिक रोटर्याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल र डिष्ट्रिक सचिव दिनेश गैह्रेले प्रशिक्षणदिएका थिए ।
कार्यक्रममा होस्ट क्लब रोटर्याक्ट दमौलीले विभिन्न मौलिक तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवाः समुदायको लाखे नाच छङ्गेली नेवाः खलबाट, नेवा तजिलजि पुचः बाट कुमारी नाच र मगर समुदायको कौरा नृत्य भिक्टोरिया डान्सएण्ड एक्टिङ स्कुलबाट प्रस्तुत भएको थियो ।
उक्त कार्यक्रममा देशभरका करिब १८० रोटर्याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरुआएको कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । उनका अनुसार देशभरबाट करिब ७ सयको हाराहारीमा उपस्थिति रहेकोथियो ।










