आगलागीमा भएको क्षतिको विवरण संकलन गर्न समिति गठन

तनहुँको व्यास नगरपालिका-३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा भएको आगलागीको क्षति विवरण संकलन गर्न समिति गठन गरिएको छ ।

व्यास नगरपालिकाले सोही वडाध्यक्षका अध्यक्ष अनुप रानाको संयोजकत्वमा क्षतिको विवरण संकलनका लागि समिति गठन गरेको हो ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य तोकिएका छन् ।

समितिलाई तीन दिनभित्र क्षतिको विवरण संकलन गरी पेश गर्न भनिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । आगजनीबाट धनसम्पत्ति नोक्सान हुने पीडितको राहत सहयोगका लागि विवरण संकलन गर्न लागिएको उनले बताए ।

नगरपालिकाले आगलागी नियन्त्रणमा सहयोग गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, पृथ्वीराजमार्ग सडक आयोजना, तनहुँ जलविद्युत आयोजनालाई धन्यवाद ज्ञापन गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker