जनता समाजवादी पार्टी भानुमा नयाँ कार्यसमिति चयन

- भञ्ज्याङ समाचारदाता (भानु)
जनता समाजवादी पार्टी भानु नगरपालिकाको अध्यक्षमा नारायण बावु लोहोनी ‘शुवास’ चयन भएका छन् । भानु नगरपालिकाको आइतबार बसेको जनता समाजवादी पार्टीको बृहृत भेलाले लोहोनीको अध्यक्षतमा १७ सदस्यीय नगर समिति गठन भएको हो । समितिमा उपाध्यक्ष धन सुब्बा तामाङ, सचिव विश्वरावज सिह, सहसचिव लोक बहादुर बसेल कोषाध्यक्ष गिता घिमिरे, सदस्यहरु दल बहादुर क्षेत्री, राजकुमार तामाङ, बेरुङ तामाङ, जुना कुमाल, सौरभ आर्चाय, कल बहादुर तामाङ, राजकुमार नेपाली गोपी बहादुर अधिकारी र उषा गिरी रहेको छन ।
पार्टीका केन्द्रीय सदस्य देबेन्द्र थापाको प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रीय सदस्य थापाले देशको राजनीतिक परिस्थिति र पार्टीको भूमिको बारेमा बोल्दै प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदमले नेपालको संविधान २०७२ को ‘कु’ गरेको हुँदा ओलीको संसद बिघटन गर्ने कार्य गैरसंबैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध सम्पूर्ण पार्टी सदस्यलाई आन्दोलनमा उत्रन आवहान गरे । ओली संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीताको विरोधी रहेको बताए । त्यसैले जनता समाजवादी पार्टी, नेपाल उठाउँदै आएको नेपालको शासकीय पद्धतीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद हुनुपर्ने कुरा बताए । सो कार्यक्रममा प्रदेश सदस्य अमर भण्डारी, जिल्ला अध्यक्ष कृष्ण वहादुर गुरुङ र जिल्ला सचिव टेक बहादुर गुरुङले समेत सम्बोधन गरेका थिए ।










