तनहुँ सेवा समाज युएईको अध्यक्षमा तिमिल्सिना

बरदुबई : तनहुँ सेवा समाज युएईको चौथो महाधिवेशन बरदुबईमा सम्पन्न गरिएको छ । तनहुँ सेवा समाज युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा समाजका प्रमुख संरक्षक दिपक खड्का, वरिष्ठ उपाध्यक्ष श्रीमती कल्पना रिमाल, एनआरएनए युएइका अध्यक्ष बिकाश शाही, नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
समाजको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिका संयोजक अम्मर रानाभाटको संयोजकत्वमा गठित समितिले राजु तिमिल्सिनाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्ष कृष्ण सुनार, उपाध्यक्षहरूमा गणेश बस्नेत, अपिल भट्टराइ, सुरिन भुजेल, अमर राज पन्थी, महिला उपाध्यक्ष श्रीमती अनिता अधिकारी, महासचिव दिपेन्द्र पौडेल, सचिवहरूमा रमेश गोदार, जितेन्द्र कार्की, प्रवक्ता ज्ञानु शाही, कोषाध्यक्ष इश्वर अधिकारी, सहकोषाध्यक्ष बिष्णु कार्की चयन भएका छन् ।
यस्तै, समाजको महिला संयोजकमा सरिता न्यौपाने, युवा संयोजक योग नारायण अधिकारी, खेलकुद संयोजक मिलन चन्द ठकुरी, केन्द्रीय सदस्यहरूमा नेत्र लामिछाने, इन्दु पोख्रेल, किशोर पाण्डे, शिव श्रेष्ठ, रामजी बानिया, बिक्रम थापा, रश्मि आले, बिकाश मिश्र, मिनराज श्रेष्ठ चयन भएका छन् ।
यस्तै, लांघाली पन्चे बाजा समूहले पन्चे बाजा बजाएर नयाँ कार्यसमितिलाई स्वागत र पुरानो कार्यसमितिलाई विदाइ गरेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker