टिम नेपो तनहुँद्वारा छाब्दी बाराही मन्दिरमा सरसफाई
भञ्ज्याङ न्यूज

टिम नेपो तनहुँको संयोजन र व्यास नगरपालिकाको सहयोगमा छाब्दी बाराही मन्दिर परिसरमा बृहत सरसफाइ तथा स्वागत बोर्ड राखिएको छ । टिम नेपो तनहुँका अध्यक्ष मीन कुँवरको नेतृत्वले मन्दिर क्षेत्रमा सरसफाई गरेको थियो ।
टिम नेपोले छाब्दी बराही मन्दिर विकास कोष समितिका अध्यक्ष थान बहादुर थापालाई १० वटा डस्बिन उपलब्ध गराएको थियो ।










