सडक दुर्घटना न्यूनीकरण गर्न सबैको साथ आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको आयोजनामा तनहुँको शुक्लागण्डकी-४ दुलेगौँडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

“दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।”

सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए। दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताउनुभयो । नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उहाँको भनाइ छ । मुलुकमा प्रत्येक वर्ष दुइ हजार छ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker