भानुको १३औं नगरसभामा विभिन्न प्रस्ताव पारित

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले १३औं नगरसभा आइतबार सम्पन्न गरेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित नगरसभाले विभिन्न प्रस्तावहरु छलफल गरी पारित गरेको छ ।

नगरसभाले नगरपालिकाको आ.व. २०८०/०८१ को अर्ध वार्षिक प्रगति, विनियोजन ऐन २०८० को नगर सभामा प्रस्तुत गरी छलफल पश्चात पारित गरेको छ । बजेट, योजना तथा कार्यक्रमहरु नगद मौज्दात तथा संशोधनबाट विनियोजन गरी सञ्चालन गर्ने, नगरस्तारीय बजेट तथा कार्यक्रम संशोधन एवं रकमानान्तर गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

नगरपालिकाको आ.व. २०८०/०८१ को आर्थिक ऐन नगरकार्यपालिकाको सिफारिस बमोजिम प्रस्तुत भएको अस्पताल प्रयोगशाला सम्बन्धी सेवा शुल्क संशोधन, लेखा समितिको आर्थिक विवरण एवं बेरुजू समयमै नियमित तथा फर्छौटका लागि लेखा समिति पुनःगठन, कार्यालय अन्तर्गत करार सेवा अवधी थप गर्ने, नगरपालिका अन्तर्गत निर्माण सम्पन्न भएका तथा निर्माणाधीन सडकहरुको लगत कट्टा तथा स्थानीय सडकहरुको सडक अधिकार (मापदण्ड) लगायतका प्रस्तावहरु पनि पारित गरिएको जनाइएको छ ।

यस्तै, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन नतीजा पौष मसान्त भित्र जिल्ला समन्वय समितिको पृष्ठपोषण समेत समावेश गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था भए अनुसार आ.व. २०७९/२०८० को स्वमूल्यांकनको नतीजा पृष्टपोषणका लागि पुस २१ गतेको निर्णयनुसार जिल्ला समन्वय समितिबाट १०० पूर्णाङ्कमा ५७.२५ अंक प्राप्त गरेको नगरसभामा जानकारी गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker