दमौली खानेपानीको अध्यक्षमा वृषराजको उम्मेदवारी

भञ्ज्याङ समाचारदाता (दमौली)

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष पदमा दमौलीका व्यवसायी वृषराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले विहीबार पत्रकार सम्मेलन गरी यही चैत्र १३ र १४ गते हुने अधिवेशनमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् । व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ को दमौली बजार क्षेत्रमा खानेपानी वितरण गर्ने संस्थाको नेतृत्व लिनका लागि आफु सक्षम भएको उनले बताएका छन् ।

लामो समयदेखि विभिन्न संघसंस्था तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका श्रेष्ठले दमौलीवासीले खानेपानीको समस्या झेल्नुपरेको सन्दर्भमा उपभोक्तालाई सहज रुपमा खानेपानी तथा सरसफाईको क्षेत्रमा दीर्घकालिन समाधानका योजना सहित उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताएका छन् ।

दमौलीको खानेपानी वितरण क्षेत्रमा सुधारका लागि टि्रटमेन्ट प्लाण्टलाई सुधार गरी स्वस्थ्य, सफा, किटनाशक, प्रशोधित पानी वितरण गर्ने, आगलागिको अवस्थामा दमकलमा पानी भर्न आवश्यक ठाउँमा प्वाइन्ट राख्ने, सार्वजनिक धाराको व्यवस्था गर्ने, महशुल भुक्तानीको लागि अनलाईन प्रणाली लागु गर्ने, आधुनिक डिजिटल प्रणाली लागु गर्ने, उपभोक्ताको आवश्यकतालाई ध्यान दिई वैकल्पिक मार्गबाट खानेपानीको आपुर्ति गर्ने योजना आफुले बनाएको श्रेष्ठले बताए ।

तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले आफु कर्ममा विश्वास गर्ने भएकाले इमान्दारिता, क्रियाशिलता र विश्वासनियता नै आफनो जित्ने आधार भएको दाबी गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker