सञ्चारकर्मी श्रेष्ठलाई पितृशोक

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे स्थित रेडीयो छिम्केश्वरी तथा पावर एफएममा कार्यरत सञ्चारकर्मी एवं प्रेस संगठन नेपाल तनहुँका सदस्य मनोजकुमार श्रेष्ठलाई पितृशोक परेको छ ।
सञ्चारकर्मी श्रेष्ठका ५५ वर्षीय पिता टेकबहादुर श्रेष्ठको हृदयघातका कारण शुक्रबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
तनहुँको भानु नगरपालिका-२ स्थित नारेश्वरटार स्थित आफ्नै घरमा आराम गरिरहेका श्रेष्ठलाई अचानक हृदयघात भएपछि तत्काल उपचारका लागि डुम्रेको मोती हेल्थ क्लिनिकमा लागिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भिर रहेकाले अन्यत्र लग्न भनेपछि थप उपचारका लागि जिल्ला अस्पताल दमौली लगिएकोमा अस्पतालले मृत घोषित गरेको बताइएको छ ।
यस घट्ना प्रति दुःख व्यक्त गर्दै प्रेस संगठन नेपाल तनहुँले शोक वक्तव्य मार्फ दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै, सञ्चारकर्मी मनोज सहित शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै समवेदना व्यक्त गरेको छ ।
यस्तै, यस खबरले स्तब्ध भएको भन्दै तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपानेले शोक तथा समबेदना व्यक्त गरेका छन् ।
रेडियो छिम्केश्वरी तथा पावर एफएमका अध्यक्ष शिव कुमार श्रेष्ठले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा सम्पूर्ण शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।