भञ्ज्याङ न्युजडटकमका सम्पादक रसाइली पुरस्कृत

भञ्ज्याङ न्युजडटकमका सम्पादक सम्झना रसाइली पुरस्कृत भएकी छन् । नेपाल पत्रकार महासंघ तनहुँको आज सम्पन्न १४औं सधारणसभामा उर्जा, जलश्रोत तथा खानेपानी गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले सम्पादक रसाइलीसहित ७ जना पत्रकारहरुलाई विभिन्न विद्याका पुरस्कारबाट पुरस्कृत एवं सम्मान गरेका हुन् ।
महासंघ तनहुँ शाखामा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट रसाइलीलाई सम्मान एवंं पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।

यस्तै महासंघ तनहुँले सधारण सभाका अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण न्यौपाने, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेल, भाग्यशाला ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कारबाट मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट राजीवलाल श्रेष्ठ पुरस्कृत भएका छन् । सुरज गुरुङ स्मृति पुरस्कारको राशी पाँच हजार र अन्य सबै पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई विभिन्न विद्याका पुरस्कारबाट पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष उज्वल पौडेलले बताए ।










