दुलेगौंडाको उन्नति कृषि सहकारीको आफ्नै दुध डेरी सञ्चालनमा

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको दुलेगौँडाबाट संचालनमा आएको उन्नति कृषि सहकारी संस्थाले आफ्नै दुध डेरी संचालनमा ल्याएको छ । सहकारीले आफ्नै भवनमा डेरी संचालनमा ल्याइएको हो । सहकारीमा आवद्ध कृषक तथा सहकारीको फर्मबाट उत्पादित दुधको उचित बजार व्यवस्थापनका लागि आफ्नै डेरी संचालनमा ल्याएको सहकारीका अध्यक्ष पदमबहादुर बानियाँले बताए । बजारमा विचौलिया हाबी भएकाले कृषकबाट सोझै उपभोक्ताहरुसम्म सहज रुपमा गुणस्तरीय दुध पुर्‍याउने उद्देश्यले डेरी संचालन गरिएको बताउँदै शुरुवात निकै उत्साहजन रहेको उनको भनाई छ।

‘कृषकबाट सस्तोमा दुध खरिद गरी बीचका मान्छे विचौलियाले धेरै नाफा कमाए, तर कृषक कहिल्यै उँभो लाग्न सकेनन्’, उनले भने ‘न उपभोक्ताले राम्रो दुध उपभोग गर्न पाए, यि सबै समस्या र प्रवृत्ति हटाएर सबैलाई फाइदा हुने किसिमले डेरी संचालन गर्‍यौ ।’ एक बर्षको अनुभवमा दुधबाट राम्रो आम्दानी लिन सकिने देखिएको उनले बताए । दुधको माग अत्याधिक भएकाले माग अनुसार दुध पुर्‍याउन पनि भैसी थप्नु पर्ने अवस्था रहेको बानियाँले सुनाए । हामी फर्म विस्तारको क्रमै छौँ, उनले भने गाई र भैसी गरी एक सय माउ पुर्‍याउने हाम्रो लक्ष्य हो । सहकारीले गतबर्ष जेठबाट गाई तथा भैसी फार्म पनि संचालनमा ल्याएको सहकारी प्रवन्धक कोमल बहादुर बानियाँले बताए । उनका अनुसार शुक्लागण्डकी-५ भुरुङ्गे नजिकै रहेको र्फममा एउटा गाई, २४ माउ भैसी र १५ पाडापाडी गरी ४० वटा छन् । फर्मबाट दैनिक १५० लिटर बढि दुध उत्पादन हुदै आएको छ ।

यस्तै, सहकारीमा आवद्ध कृषकहरुले ल्याएका समेत गरी १७० लिटर दुध डेरीबाट दैनिक बिक्री हुँदै आएको प्रबन्धक बानियाँले बताए । उनले गाईभैसीका लागि ४२ रोपनी जग्गामा उन्नत जातको घाँस लगाएको बताए । फर्ममा ३ र डेरीमा २ गरी ५ जनाले रोजगारी पाएका छन् । सहकारीलाई नाफामा लैजान भन्दा पनि कृषकहरुलाई हौसला दिन फर्मसंगै डेरी संचालन गरिएको उल्लेख उनले बताए ।

‘दुधको भाउ छैन, बजारमा विचौलियाको बिगविगी छ, उपभोक्ताले पैसा तिरे अनुसारको दुध उपभोग गर्न पाएका छैनन्’, उनले भने, ‘कृषक र उपभोक्तालाई सोझै जोड्ने हाम्रो अभियान हो । यसले गर्दा कृषकहरुमा उत्साह जाग्छ भन्ने हाम्रो विश्वास छ ।’

सहकारीले उत्पादन गरेको दुध खैरेनीटार, बेलचौतरा, दुलेगौँडा र कोत्रेमै खपत हुने गरेको छ । सहकारीले एक लिटर दुध होलसेलमा एक सय र थोकमा एक सय दश रुपैयाँमा बिक्री गर्ने गरेको छ । कहिलेकाँही दुध बाँकी रहेको अवस्थामा दहि, पनिर र घ्यू बनाउने गरिएको छ र सहकारीले चिलिङ्ग भ्याट समेत खरिद खरिद गरेको छ ।

सहकारीले शुक्लागण्डकी-२, गाछेपानीमा कृषि उपज केन्द्र समेत स्थापना गरेको छ । कृषकले उत्पादन गरेका हरेक कृषि उपजहरु सहकारीले खरिददेखि बजारीकरणका लागि सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको हो । प्रबन्धक बानियाँका अनुसार हालै कृषि केन्द्र संचालन गर्ने लक्ष्य लिएको भएपनि कोरोना लगायतका विविध कारणले रोकिएको तर अब छिट्टै संचालनमा ल्याउने तयारी गरिएको छ ।

वि.सं २०६७ सालमा स्थापना भएको सहकारीमा ४८९ जना शेयरसदस्य पुगेका छन् । सहकारीले कृषिमा ४ करोड ४६ लाख ऋण लगानी गरेको छ । शुक्लागण्डकीका कृषि सहकारीहरु नाम अनुसार काम गर्न लागि परेका छन् । कृषि सहकारीको नाममा सहकारी स्थापना गर्ने तर कृषिको क्षेत्रमा कुनै लगानी नै नहुने भएपछि सहकारीहरुले विभिन्न आरोप खेप्दै आएका थिए । सरकारले उद्देश्य अनुरुप काम नगर्ने सहकारी संस्थालाई खारेजी गर्नेसम्मको नीति बनाएपछि सहकारीहरु कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न केन्द्रित हुन थालेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker