शुक्लाका युवाको अभियान : सयौंको सहभागितामा सरसफाई र घाँस रोपण (तस्विर सहित)

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाको सक्रियतामा वृहत् सरसफाई तथा घाँस रोपण अभियान सञ्चालन गरिएको छ ।

सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणको लागि युवा अभियानले शनिबार बिहान शुक्लागण्डकी-९ स्थित मरेतरामा रहेको गौं संरक्षण केन्द्र परिसरमा वृहत सरसफाई तथा घाँस रोपण अभियानको शुभारम्भ गरेको हो ।

“सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणको लागि युवा अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिएको यस अभियानमा शुक्लागण्डकीका विभिन्न क्षेत्रमा आवद्ध करिब ७०० जनाको सहभागिता रहेको अभियानका कार्यक्रम संयोजक विज्ञान भण्डारीले जानकारी गराए ।

‘नौलो अयासको अनुभव आज शुक्लागण्डीमा सुरु गरिएको छ’, संयोजक भण्डारीले भने, ‘शुक्लगाण्डीको सुशासन र समृद्धका लागि हामी युवाहरुले यो अभियानका शुभारम्भ गरेका छौं, पहिलो दिननै निकै उत्साहजनक सहभागिता रहेको छ । आज छुट्नु भएकाहरुलाई अर्को कार्यक्रम सहभागिताका लागि अनुरोध गरेका छौं । हामी यो अभियानलाई प्रत्येक शनिबार ७ बजेदेखि निरन्तरता दिनेछौं ।’

बेथिति र अनियमिता विरुद्ध कडा रुपमा औला उठाउँदै अगाडि बढेको अभियानले नगरपालिकाको वडा नं. ९ स्थित मरेतरामा रहेको गौ संरक्षण केन्द्र परिसरमा शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा आवद्ध व्यक्ति युवा, सुरक्षाकर्मी, राजनीतिककर्मीहरुको सहभागितामा सरसफाई तथा घाँसका विरुवा रोपण गरिएको छ ।

गौ संरक्षण केन्द्रमा घाँसको अभावमा गाईहरु मरिरहेको अवस्थालाई मध्यनजर गर्दै युवा अभियानले घाँस रोप्ने कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

गौ संरक्षण केन्द्रमा गाईको संरक्षण भन्दा पनि गौमातालाई भोकभोकै राखेर सजाय दिइएको र्सवत्र गुनासो बढ्को छ । त्यहाँ लगिएको गाईबस्तुलाई आगामी दिनमा हरियो घाँस उपलब्ध होस् भन्ने उद्देश्यले युवाहरुले घाँस रोप्ने कार्यक्रम सञ्चालन गरेका हुन् ।

उक्त अभियानमा जोडिन स्थानीय कुटो, कोदालो, हँसिया, गैची, बेल्चा, घाँसका विउ बेर्ना र साधन भएकाले मल बोक्ने ट्याक्टर लिएर कार्यक्रम स्थलमा सहभागि भएका थिए । युवा एकताको सन्देश प्रवाह र नमुना कार्यका लागि यो अभियान सफल हुने युवाहरुले विश्वास व्यक्त गरेका छन् ।

तस्विर सौजन्य : कार्यक्रम संयोजक विज्ञान भण्डारी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker