चितुवाको आक्रमणबाट बन्दीपुर-१ का ४ वर्षीय बालक घाइते
भञ्ज्याङ न्यूज (तनहुँ)
तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । आइतबार साँझ ७ बजे चितुवाको आक्रमणबाट बन्दीपुर-१ कौशिनी छापका चन्द्रबहादुर चेपाङका ४ वर्षीय छोरा अक्कल चेपाङ घाइते भएका हुन् ।
बारीमा काम सकेर साँझ पख बुबाआमासंगै घर फर्किदै गर्दा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । उनले भने, ‘चितुवाले दुवै काम पछाडि चिथरेको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको र अहिले उनको अवस्था सामान्य छ ।’
करिव ३ वर्षदेखि तनहुँमा चितुवाको आक्रमणबाट १० जना बालबालिकाले ज्यान गुमाएका छन्। यसमध्ये चितुवाको आक्रमणबाट विसं २०७६ माघ १३ गते बन्दीपुर-४ लोहीपाखाका १० वर्षीय इशक सुनारको मृत्यु भएको छ ।










