रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की ल्याइने

गण्डकी : पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिनुभयो । “कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उहाँले भन्नुभयो ।

लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहानु भएन । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाएको पत्र : 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker