आँबुखैरेनीको हिलखर्कमा चिया बगान

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित बतासे डाँडामा चिया बगान स्थापना गर्न चियाको बेर्ना रोपिदै । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कृषि पर्यटनका लागि बतासे डाँडामा चिया बगान स्थापना गर्ने कार्यक्रम ल्याएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रम बमोजिम यस ठाउँमा चिया बगान स्थापना गर्न लागिएको छ । बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय चियाको बेर्ना रोपिएको छ । तस्विर : भञ्ज्याङ