तनहुँको आँबुखैरेनीमा पशुको बाँझोपन निवारण शिविर

तनहुँको आँबुखैरेनी गाउँपालिकाको पशु शाखाले कृषकको घर गोठमै पुगेर पशुको बाँझोपन निवारण लगायातका सेवा उपलब्ध गराउँदै । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत ‘पशुहरुमा बाँझोपन निवारण शिविर कार्यक्रम’ अनुसार पुस २३ र २४ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, दमौलीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको छ ।

कार्यक्रममा पशु प्रजनन् स्वास्थ्यसँग सम्बन्धित जटिल रोगहरूको उपचार गर्न भिडियो एक्स–रे प्रयोग गरिएको थियो । शिविरमा प्रजनन् चक्र नचल्ने अवस्था, बाँझोपन, पुनः गर्भधारण असफल हुने अवस्था, गर्भाशयमा भएको संक्रमण र अण्डाशयमा देखिने गाठा जस्ता रोगहरूको सफल उपचार गरिएको छ । त्यसैगरी, पेटमै मरेको बच्चा समेत निकालेर पशुको जीवन रक्षा गरिएको थियो । कृषकका पशुहरूको स्वास्थ्य सुधार गर्दै उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रविधिमैत्री सेवाबाट किसानहरूले आफ्ना पशुहरूको स्वास्थ्यमा सुधार र आर्थिक रूपमा राहत प्रदान गर्ने लक्ष्य लिएको छ ।

शिविरमा भेटेरिनरी अस्पताल दमौलीका प्रमुख डा. राजेश चौधरी, माडी भेटेरिनरी अस्पतालका प्रमुख डा. रविन बास्ताकोटी, पशु प्रजनन् कार्यालय लाहानका डा. भाजुराम महतो, व्यास नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. मनोज विश्वकर्मा र गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत प्राविधिकहरूको योगदान प्रशंसनीय रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन् । उनले किसानहरूको कृषि तथा पशुपालनलाई सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker