तनहुँको डुम्रेमा बस र माइक्रो ठोक्किदा २१ जना घाइते, २ जनाको अवस्था गम्भीर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित ठूलोढुङ्गामा आज साँझ यात्रु बहाक बस र माइक्रोबस एकआपसमा ठक्कर खाएका छन् ।
काठमाडौंबाट दमौली तर्फ आउँदै गरेको बागमती प्रदेश बा ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गएको ग१ख ७३२९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।
उक्त दुर्घटनामा परी २१ जना घाइते भएका र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जनाएको छ ।

घाइतेहरु माध्य ४ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल, ८ जनालाई चितवनको सिएमसी र १ जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्यको डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं. को विद्युतीय माइक्रोका चालक नाम थर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास–१० बस्ने वर्ष २९ को आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ वर्ष ३४ की गीता थापा कुवर, निजको छोरी वर्ष १८ की अंशु कुवर, नवलपरासी सुनौल नपा–६ बस्ने वर्ष २६ को बिशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने वर्ष २७ को सोम बहादुर परियार, चितवन भरत्तपुर मनपा–११ बस्ने वर्ष ७४ को पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

यस्तै कास्की पोखरा मनपा बस्ने वर्ष ४२ को मेख कुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने वर्ष ३३ को क्षितिज सेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ की सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने बर्ष ३० की सजिना पुन, चितवन भरतपुर मनपा वर्ष २३ की रचना भण्डारी, कास्कीको पोखरा मनपा– २९ बस्ने वर्ष ४२ को ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने वर्ष ३५ को सचिन दुवा, महोतरी चुन्म गापा–१ बस्ने वर्ष २४ को सुवास चन्द्र यादव, नवलपुर बुलिनटार गापा–१ बस्ने बर्ष ३२ की सीता श्रेष्ठ, नवलपुर बुलिनटार गा.पा.–१ बस्ने वर्ष ११ को समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने वर्ष ३६ को साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने वर्ष ३० की साननानी गुरुङ, लमजुङ कोलाहसोथर गा.पा.–५ बस्ने वर्ष ३८ को बखत बहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।











