भानु जयन्तीका अवसरमा युएईमा खुल्ला रचना वाचन गरिने

राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्ययको २११औं जयन्तीका अवसरमा तनहुँ सेवा समाज युएईले युएर्यमा खुल्ला रचना वाचन तथा कृति लोकार्पण गर्ने भएको छ ।
नेपाली राजदुतावास युएइका राजदुत तेज बहादुर क्षत्रीको उपस्थितमा समाजले सिल्भर स्पोन रेष्टुरेन्ट बरदुबईमा आगामि आइतबार उक्त कार्यक्रम गर्न लागेको समाजका उपाध्यक्ष गणेश बस्न्तेले जानकारी गराए ।
कार्यक्रमका अवसरमा साहित्य साधकहरु रोमा लम्सालको मुक्तक संग्रह ‘अन्तिम भेट’ र भोजराज घिमिरेको गजल संग्रह ‘नाद’ तथा सुधिर थापाको आर्टटेक्चरल एण्ड कन्ट्रक्सन डाटाको लोकार्पण गरिने कार्यक्रम संयोजक टक गुरुङले बताए ।
राष्ट्रिय बिभुति आदिकवी भानुभक्त आचार्यको सम्मानमा तनहुँ सेवा समाज युएइले हरेक वर्ष युएइमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमलाई युएईमा रहेका साहित्यिक संस्था, एनआरएनए युएई, नेपाली समाज, जिल्लागत संस्था तथा बैचारिक संगठनहरुको उपस्थिति र सहयोग रहने गरेको समाजका अध्यक्ष सुदिप कार्कीले बताए ।










