आदिकवि भानुभक्त क्याम्पसमा बीएससी सीएसआईटी विषय सञ्चालन सम्भाव्यता अध्ययन

दमौली : त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IoST), डिनको कार्यालय, कीर्तिपुरबाट आएको तीन सदस्यीय सम्भाव्यता अध्ययन टोलीले आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहको Bachelor of Science in Computer Science and Information Technology (BSc CSIT) विषय सञ्चालनका लागि अध्ययन सम्पन्न गरेको छ।
सहायक डिन डा. कोमलराज रिजालको संयोजकत्वमा उपप्राध्यापक बालकृष्ण सुवेदी र उप–प्रशासक केशव शर्मा सदस्य रहेको टोलीले आइतबार बिहान क्याम्पसको भौतिक, शैक्षिक तथा प्राविधिक पूर्वाधारको निरीक्षण तथा मूल्यांकन गरेको हो।
क्याम्पसले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानमार्फत स्नातक तहमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (BSc CSIT) विषय थप गर्ने उद्देश्यले आवेदन पेश गरेको थियो। सोही प्रस्तावका आधारमा अध्ययन टोलीले क्याम्पसको सम्भाव्यता मूल्यांकन गरेको हो।
अध्ययनका क्रममा टोलीले कम्प्युटर अभ्यास प्रयोगशाला, अनुसन्धान प्रयोगशाला, माइक्रोप्रोसेसर, हार्डवेयर, नेटवर्किङ तथा डिजिटल लजिक प्रयोगशालालगायतका शैक्षिक पूर्वाधारहरूको निरीक्षण गरेको थियो ।
त्यसैगरी प्रशासन, लेखा, परीक्षा शाखा, क्याम्पस प्रमुख तथा विभागीय प्रमुखका कार्यकक्ष, पुस्तकालय, सेमिनार हल, खेलमैदान, छात्रावास, स्वास्थ्य तथा परामर्श कक्ष, उद्यान, कक्षा कोठा, चमेना गृह तथा अन्य भौतिक संरचनाहरूको समेत अवलोकन गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले टोलीलाई स्वागत गर्नुभएको थियो। अध्ययन टोलीका संयोजक सहायक डिन डा. कोमलराज रिजालले भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै आवश्यक पूर्वाधार तथा शैक्षिक वातावरणको मूल्यांकन गरिएको जानकारी दिनुभयो ।
क्याम्पस प्रमुखले क्याम्पसको भौतिक, शैक्षिक तथा आर्थिक अवस्थाबारे विस्तृत जानकारी गराएका थिए। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष, सदस्यहरू, क्याम्पस प्रशासन, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker