व्यास नगरपालिकाको विषयगत समिति गठन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले विभिन्न विषयगत समिति गठन गरेको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, दफा ६७ बमोजिम बजेट तथा कार्यक्रम समिति, दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा साझेदारी विकास कोष, नगर विकास समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको छ । उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा स्थानीय राजश्व परामर्श समिति, अनुगमन समिति, बजेट तथा कार्यक्रम समिति गठन गरिएको छ ।

आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले, पूर्वाधार विकास समितिको अध्यक्षमा वडा नम्बर ४ का अध्यक्ष मनबहादुर गुरुङ, सार्वजनिक सेवा सुशासन समितिको संयोजकमा वडा नम्बर ९ का अध्यक्ष सुरेश थापा, विधायन समितिको संयोजकमा वडा नम्बर १० का अध्यक्ष खेमराज पोख्रेल, सामाजिक विकास समितिको संयोजकमा वडा नम्बर १४ का अध्यक्ष काजीमान श्रेष्ठ र वन तथा वातावरण समितिको संयोजकमा कार्यपालिका सदस्य रनसिं नेपाली चयन भएका छन् ।

बैठकले एकीकृत जग्गा विकास आयोजना व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० का लागि प्रत्येक वडाले विभिन्न शीर्षकहरुमा रकम विनियोजन गर्ने गरी रु एक करोड २५ लाख बराबरको वडाको बजेट सिलिङ निर्धारण गर्ने निर्णय भएको छ ।

साथै उक्त रकम टोल विकास संस्था लगायत अन्य सामाजिक संस्थाहरुबाट प्राप्त भएका योजनाहरु मध्येबाट छनौट गरी वडा समितिमार्फत जेठ ३० गतेभित्र नगरपालिकामा योजना प्रस्ताव पेश गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । यस्तै, बैठकले विपद् अन्तरगत बाढीपहिराबाट क्षत्रि्रस्त घर, बाटो, खानेपानी लगायतका संरचनाको तत्काल पुनःस्थापनाको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker